सर्वदलीय बैठक सम्पन्न, राष्ट्रियसभा निर्वाचन मिति तत्काल तोक्न र प्रदेश प्रमुखलगायत नियुक्तिमा सहमित जुटाउ ः भीम रावल

0

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीबार आव्हान गर्नु भएको सर्वदलीय बैठक सकिएको छ ।
बैठकमा प्रधानमन्त्री देउवाले बैठकका विषयमा सहमती जनाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न बैठकमा राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखलगायतका नियुक्तिमा सहमति जुटाएर काम अघि बढाउन प्रधानमन्त्रीलाई अपिल गरिएको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बताए ।
बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले माओवादी नेताहरुले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय सरकारको भएको भन्दै ती काम छिटो गर्न सुझाव दिएको बताए ।
बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चाडो प्रदेश प्रमुख र अस्थायी केन्द्रका बारेमा सरकारलाई निर्णयमा पुग्न सुझाव दिएको बताए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, नेपाली कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतोलगायतका नेताहरु सहभागि थिए । नेकपा एमाले अध्यक्ष केपी ओली भने अस्वस्थताका कारण बैठकमा उपस्थित हुन सकेनन् ।