क्रिष्टल प्यालेसले गुमायो सिटीलाई हराउने मौका

0

म्यानचेष्टर सिटीको विजयी यात्रामा क्रिष्टल प्यालेसले पूर्णविराम लगाएको छ ।

प्रिमियर लिगमा लगातार १८ खेल जितेर एकै सिजन र समग्र प्रिमियर लिगको इतिहासमा लगातार सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान बनाएको सिटी आइतबार राति क्रिष्टल प्यालेससँग गोलरहित बराबरी रोकियो ।

खेलको अतिरिक्त समयमा घरेलु टोली प्यालेसले पेनाल्टी पाएको थियो । तर, सिटीका गोलरक्षक एडरसनले लुका मेलेभोएभिचको पेनाल्टी रोक्दै टिमलाई हारबाट बचाए ।

रेलिगेशन जोनबाट माथि रहेको क्रिष्टल प्यालेसले स्टार खेलाडीले भरिएको म्यानचेस्टर सिटीलाई गोल गर्न दिएनन्। खेलको अधिकांश समय बलमा नियन्त्रण बनाएर पनि सिटीले गोल भने गर्न सकेन ।

खेलको पहिलो हाफमा नै म्यानचेष्टर सिटीका गाबि्रयल जेसिस घाइते भएर मैदान छाडेका थिए । उनी अब एकदेखि दुई महिनासम्म मैदान बाहिर रहने बताइएको छ ।