भिषण आगलागि

0

दक्षिणी फिलिपिनी शहर डाभाओ स्थित एउटा सपिंगमलमा आइतवार भयानक आगलागि हुँदा कम्तिमा ३७ व्यक्तिको ज्यान गएको आशंका गरिएको छ।

तेश्रो तल्लाबाट शुरू भएको आगो मथिल्लो तल्लामा फैलिंदा त्यहाँ रहेको एक कल सेन्टरका कर्मचारीहरू थुनिएका थिए।

डाभोसका उप मेयर पाओलो डुटेर्टेले घाइतेहरूको पनि बाँचने संभावना न्युन रहेको बताएका छन्। सो आगो नियन्त्रणका लागि थुप्रै अग्निियनत्रकहरूले घन्टौं सम्म प्रयास गरेका थिए।

उप मेयरका पिता तथा राष्ट्रपति राड्रिगो डुटेर्टेले घटनास्थलको मिरिक्षण गरेका छन्।