प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक फरक व्यक्ति हुन्छन्म ः महरा

0

नेकपा माओवादीका नेता कृष्णबहादुर महराले सरकार र पार्टीको नेतृत्व एउटै व्यक्ति नहुने बताए ।
दाङ क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित महराले आइतबार बिहान मतदाता भेटघाट कार्यक्रममा सो कुरा बताए भने एकता पछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुने पनि स्पष्ट पारे ।
उहाँले भने, एमाले र माओवादीबीच सम्मानजनक पार्टी एकता हुनुपर्ने धारणा व्यक्त गरे ।
‘सम्मानजनक रूपमा पार्टी एकता हुनेछ र त्यो एकतापछि प्रधानमन्त्री र पार्टीको अध्यक्षता फरक–फरक व्यक्तिले गर्नुपर्छ’ महराले भने ।
महराले दाङ राजधानी हुने कुरामा कुनै शंका नगर्न मतदातालाई आश्वास्त पारेका छन् । अहिले सम्म आफूले राजनीतिमा कहिलै हार व्यहोर्नु नपरेको उल्लेख गर्दै यसपटक पनि राजधानी बनाउने कुरामा आफू विजयी हुने छु ।
उनले भौगोलिक स्थिति, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदूरीका हिसाबले दाङ ५ नं प्रदेशको राजधानी हुन उपर्युक्त रहेको बताए । बुटवललाई मुलुककै पर्यटकीय सहर र नेपालगन्जलाई औद्योगिक सहरको रूपमा विकास गर्ने योजना महराले त्यस क्रममा प्रस्तुत गरेका थिए ।