लहानको व्यस्त बजारमा बम बिस्फोट, एक युवक घाइते

0

सिराहाको लहानस्थित सहिद रमेश महतो पार्क नजिकै अगाडी बम बिस्फोट भएको छ।
लहान चौकको शहीद चोकमा साइकलको सीट मुनी बोरामा बेरेर राखेको बम बिस्फोट भएको थियो । प्रहरीका अनुसार बम बिस्फोटबाट केहि क्षति नभएको तर एक युवकलाई सामान्य चोट लागेको छ।
सहिद पार्कको उतरपट्टी साईकल मर्मत केन्द्र अगाडी एक अपरिचित व्यक्तिले लेडिज साईकल छाडेर गएको केहीबेरमै विस्फोट भएको प्रहरीले जनाएको छ।