जेनिशा बलिउड फिल्ममा आउने प्रयासमा

0

नायिका जेनिशा केसी अहिले बलिउड फिल्मको पर्दामा उडाउने प्रयासमा छिन् । यसका लागि उनी केही महिनायता मुम्बई पुगेर बलिउडकर्मीहरुसँग भेटघाट बढाइरहेकी छिन् ।
उनी मुम्बइ पुगेर बलिउड चलचित्रमा काम गर्न संघर्ष गरिरहेकी छिन् । जेनिशाले बलिउडका सुपरस्टार नायक सलमान खानसँग भेट गरेकी छिन् । जेनिशाले सलमानसँगको भेटलाई विशेष भनेकी छिन् । फेसबुकमा स्टाटस लेख्दै नेपाली सुन्दरीले यो भेटको कारण चाडै नै शेयर गर्ने समेत लेखेकी छिन् ।
सलमानसँगको भेटको अवसर भने बलिउडका अर्का नायक मिथुन चक्रवर्तीले मिलाइदिएका हुन् । सलमानले जेनिशालाई नेपाली चलचित्र, उनले काम गरेका चलचित्रको बारेमा सोधेका थिए ।
सलमानसँगको यो भेट तस्बिर खिच्नकै लागि मात्र नभएको जेनिशाको भनाई छ ।