थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ।
समूह एमा रहेको नेपाल समूह चरणका तीनवटै खेलमा जित हासिल गर्दै समूह विजेता बनेका छन् ।यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको नेपालले बिहीबार म्यानमारलाई स्तब्ध पार्दै प्रतियोगिताको उपाधि उचाल्ने मजबुद बनाको हो।
नेपालले दिएको ३ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा म्यानमारले ११।३ ओभरमा सवै विकेट गुमाएर १३ रन मा सकिति हुन पुगेको छ ।
म्यानमारका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। नेपालका नारायण जोशी र मेखबहादुर थापाले समान ४–४ विकेट लिए। ३ ओभर बलिङ गरेका नारायणले २ ओभर मेडन राख्दै १ रन मात्रै खर्चिए। त्यस्तै, २ ओभर बलिङ गरेका मेखबहादुरले ३ रन खर्चिए।
त्यसअघि कप्तान रित गौतमको शतकीय पारीको मदतले नेपालले ३५ ओभरमा ६ विकेट गुमाइ ३ सय ५० रन बनाएको थियो। रितसँगै नेपालका तृतराज दास र प्रतिश जिसीले अर्धशतकीय पारी खेलेका थिए।
रितले ७८ बलमा अविजित १ सय ६ रनको पारी खेल्दा १२ चौका प्रहार गरे।
यस्तै, तृतराज दासले २९ बलमा ७ चौका र ३ छक्काको मदतमा ६४ रन जोडे भने प्रतिशले ३१ बलमा ६३ रन बनाए। सो क्रममा उनले १० चौका र १ छक्का प्रहार गरे।
नेपालको स्कोर फराकिलो बनाउन अन्य ब्याट्सम्यानहरु विशाल बिक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास९सुबोध० ऐरले १७ रन जोडे। म्यानमारका हेइन हेट एङले ३ विकेट लिए।