काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि नेकपा ९एमाले० का नेता कृष्णगोपाल श्रेष्ठले आज नैकाप तथा त्यस आसपास क्षेत्रका स्थानीयसँग विकास निर्माणको कार्यक्रममा वाम गठबन्धनको सरकार निर्माण भई देश विकासका कार्यले तीव्रता पाउने बताए ।
उनले भने, निर्वाचनपछि मुलुक नयाँ युगमा प्रवेश गरेको बताए।
देशमा लामो समयदेखि कायम रहेको संक्रमणकालीन अवस्था अन्त्य हुने विचार व्यक्त गर्दै उनले वाम गठबन्धनको सरकारले देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार, यातायात, पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।
जनताले परिवर्तन चहिरहेको बताउँदै वाम गठबन्धनप्रति उनीहरुको ठूलो विश्वास रहेकाले उनीहरुले परिवर्तनको अनुभव हुने गरी कार्य गर्नुपर्ने पनि बताए ।
नेपाली काँग्रेस प्रतिपक्षको भूमिकामा रहेर रचनात्मक सहयोग गर्नुपर्ने बताउँदै आफूहरुले काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अगाडि बढ्ने प्रष्ट पारे ।
