केपी ओलीको पहिलो प्रतिक्रिया

0

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै बाम गठबन्धनको पक्षमा आएको नतिजालाई स्वागत गर्दै जनताले भ्रम र अराजकता चिरेको प्रतिकृया दिएका छन् ।
उनले भने– ‘उनले जनताले सजगता प्रकट गरेर बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराएको पनि बताए ।’
‘नेपालको भविश्य र उन्नती निश्चत छ । विकास र सम्बृद्धिका चाहाना अव पुरा हुन्छन् । देशले सकारात्मक बाटो लिन्छ । अव सामाजिक सद्भाव र एकताको सुत्रमा बाँध्नुपर्छ अबको केही बर्षमा देश सम्बृद्ध बनाउन हामी गम्भिर, स्वच्छ र पारदर्शी हुनुपर्छ ।’ –उहाले सञ्चारकर्मीसँग कुरा गर्दै बताउनुभयो ।
भने ‘प्रदेशसभा बोलाउनुपर्छ कहाँ बोलाउने त्यसका लागि ठुला ठुला त्रिपाल खोज्नुपर्नेछ । प्रदेशसभा बन्दा, मन्त्री मुख्यमन्त्री उनिहरुका निवास चाहिन्छ, ति काम अघिल्लो सरकारले गर्नुपर्ने भए पनि केही गरेको छैन ।’
उनले जनताको विश्वास र देशको उन्नती यथार्थको प्रयोग गर्ने अवस्था आएको बताए । अब केन्द्र, संघीय र स्थानीय तहमा बामको सरकार बन्ने भन्दै जनताले गरेको विश्वासलाई काम गरेर देखाउनुपर्ने ओलीको भनाई छ ।