नुवाकोट क्षेत्र नं. १ मा २३ वर्षपछि रामशरण महत पराजित, हितबहादुर तामाङ विजयी

0

प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना शुरु हुँदै गर्दा नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी भएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट पटकपटक मन्त्रीसमेत बनिसकेका रामशरण महतलाई ८ हजार ५ सय ५३ मतले हराउँदै तामाङ विजयी बनेका हुन् ।
निर्वाचन आयोगका अन्तिम मत परिणाम अनुसार हितबहादुर तामाङले ३६,४७३ मत ल्याए भने रामशरण महतले २७ हजार ९ सय २० मत ल्याए । महतले २०५१ सालपछि पहिलो पटक नुवाकोटमा चुनाव हारेका हुन् ।