राष्ट्रिय फोटो पत्रकार समूह २० औ बर्षमा …

0

          राष्ट्रिय फोटो पत्रकार समूह आफ्नो २० औ बार्षिक उत्सोब मनाएको छ | फोटो पत्रकारहरुको जमघटमा फोटो मार्फतबाट विभिन्न क्षेत्रमा स्थापित भएका फोटो ग्राफरहरुको समेत उपस्थिति रहेको थियो |

        नक्शालमा आयोजना गरिएको बार्षिक उत्सब समारोहमा असोज १० गते राष्ट्रिय फोटो पत्रकार समूहको बार्षिक साधारण सभाका बारेमा छलफल भएको यस समुहका अध्यक्ष राजभाई सुवालले जानकारी दिएका छन् | राष्ट्रिय फोटो पत्रकार समूह राजधानीमा बसेर १९ बर्ष अगाडी फोटो पत्रकारहरुले खोलेको समूह हो | यो समूह फोटो पत्रकारहरुका लागि एउटा कोशे ढुङ्गा साबित भएको थियो | राष्ट्रिय फोटो पत्रकार समुहले बार्षिक उत्सब फोटो पत्रकार र फोटो ग्राफरहरुको बिचमा मनाएको थियो |
prabin-shrestha-2785