काठमाडौ श्रावण २१, नेपाल विद्यार्थी संघको आगामी श्रावण २३ देखि २५ गतेसम्म हुँने ११औं महाधिवेशन आयोजनास्थल राजधानीको भृकुटीमण्डप परिसरमा देखिएको उम्मेदवारहरुको प्रचार सामाग्री एवम विद्यार्थी नेताहरुकोचहलपहल ।
यसैवीच संघको ११औं महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका लागि पार्टीले गठन गरेको निर्देशक समितिले १२ औं महाधिवेशनबाट मात्र लागू हुँनेगरि संघमा ३२ वर्षको उमेरको हद लागू हुने गरी विधानको टुङ्गो लगाउँनुको अलावा संघमा अब एक व्यक्ति एक पदको अवधारणा अनिवार्य रुपमा लागू गरिने भएको छ । प्रस्तुत व्यवस्था अनुरुप कुनै एक पदमा बहाल रहेको व्यक्तिले अर्को पदमा उम्मेदवारी दर्ता गरे उसको तल्लो तहको पद स्वतः खारेज हुने विधानत व्यवस्था गरिएको छ । 







