संघीय संसद सदस्य अर्जुननरसिंह केसीले स्थानीय सम्पदाकाको संरक्षण र पर्यटन प्रवद्र्धनमा मिडिया र संघसस्थाले निर्वाह गर्दै आइरहेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।आज राजधानीमा मिसन मिडिया क्लवले आयोजना गरेको सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनमा मिडिया, संघसस्थाको भूमिका विषयक छलफल कार्यक्रमलाइ सम्बोधन गर्दै सासंद केसीले यहाँका मुर्त वा अर्मृत सम्पदा संगै विविधा सहितको संस्कृति र रितिरिवाज आफैमा बहुआयामिक रहको बताउनुभयो ।
त्यस अर्थमा सबै किसिमका सम्पदाका अर्थात मौलिक संस्कृति, कला, साहित्य, भाषा र संस्कृतिको संरक्षणमा सहकार्य सहितको पुस्तान्तरण आवश्यक रहेको बताउनुभयो । त्यसअवसरमा सासद केसीले संस्थाले आयोजना गरेको एकहप्ते उद्घोषण तालिमका दुई दर्जन प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सम्पदा संरक्षणमा संस्थागत चासो देखाउँदै मिसन मिडिया क्लवे लिएको पहलकद्मी निकै सकारात्मक रहको बताउनुभयो । साथै महासचिव दाहालले मिडियाले सम्पदा संरक्षणको लागि मिसनकै प्रारुपमा अभियान शुरु गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण गर्न आवश्यक रहको बताउनुभयो । काठमाडौं महानगरपालिका अन्र्तगतको हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमको सहकार्य तथा महानगर वडा न। १९ र विपद पत्रकारिता सञ्जालको समन्वयनमा आयोजित उक्त कार्यक्रममा लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदर दवाडीले सञ्चार सम्वद्ध संस्थाले स्थानीय सम्पदाको सरक्षण संगै पर्यटन प्रवद्र्धनको लागि लिएको चासो निकै अर्थपूर्ण रहेको बताउदै यसको संरक्षणको लागि स्थानीय मिडियाले खेल्ने भूमिका महत्वपूर्ण रहको बताउनुभयो ।
क्लवका अध्यक्ष श्रीजन झाले सम्पदा हाम्रो पहिचान हो भने पर्यटन संभावना भएको जिकिर गर्दै यसको संरक्षण गर्न मिडियाले हरसंभव प्रयास गर्ने बताउनुभयो । कार्यक्रममा काँग्रेस महासमिति सदस्यद्वय तेवेन्द्र शाक्य, प्राडा अमिता प्रधान ,वरिष्ठ कलाकार शिवहरी नेपाल उद्घोषण विधाका प्रशिक्षक नरेश मल्ल , तालिमका प्रशिक्षार्थी एव् नेपाल औषधि थोक व्ययवसायी संघका अध्यक्ष गणेश नेपाल, ६७ वर्षिय प्रशिक्षार्थी बाल मुकुन्द मूल्मी , काठमाडौं महानगर वडा न १९ की सदस्य रञ्जिता परियार लगायतले धारणा आभिव्यक्त गर्नुभएको थियो ।