सरकारले बन्दाबन्दीको समय जेष्ठ ३२ गते सम्म लागी लब्याउने निर्णय गरेको छ । तर के लकडाउन नामै मात्रमा सिमित छ की ?
यसको प्रभावकारी कार्यन्वयन फितलो भएको जन गुनासो आईरहन्दा आईतवार कंलकीको भिडलाई हेर्दा उपत्यकामा लकडाउन पनि छ भन्ने पत्याउन सम्म मुस्किल हुन्छ।
करिव २ बजे देखि नै राजधानी छोडेर आफ्ना गृह जिल्ला जान्नेहरुको मेला लागेको कंलकीको खसीबजारमा देख्न सकिन्छ । गृह जिल्ला जान्नेहरुमा नेपालगंज, धनगढी, तराई जस्ता जिल्ला रहेको छ । जहाँ अहिले कोरोनाको उच्च जोखिमको क्षेत्रमा गनिएको छ ।
रातको समयमा काठमाडौं बाट रात्रिकाली बस निवार्ध रुपमा चलेको घर जान लागेको भिडलाई देखेर मज्जाले अनुमान पनि गर्न सकिन्छ ।
उपत्यका छिर्ने नाका सिल गरेको र उपत्यका आउनेको आरडिटी चेक गरेको रिर्पोट आवश्यक परेको धजी गरेको अनुमान गर्न सकिन्छ । देशमा कोरोनाका दिनहु जस्तो बढेको छ । तर यसरी एक ठाउँ बाट अर्को ठाउँ आवत जावत गर्ने कोरानो सार्ने गरेको विगतमा उपत्यकामा देखा परेको कोरोनाका विरामी बाट सुरक्षा माथि प्रश्न खडा गरेको थियो ।


रमिता छुँजु
