याक इन्टरटेनमेन्टको प्रस्तुतीमा महादेव त्रिपाठीले निर्देशन गरेको चलचित्र जोकर (जादुगर २) को तिम्रो जिरो फिगर बोलको गित सार्वजनिक गरिएको छ ।
अभिनेता, चर्चित जादुगर तथा हास्यकलाकार महादेव त्रिपाठी, नव नायिका सिम्पल खरेल, होचो कलाकार दिपेन शाह, संगीता लामा, अन्जु थापा, शिव शंकर रिजाल, सुरेन्द्र केसी, राजेन्द्र गिरि, नवराज श्रेष्ठ, अप्सरा लक्ष्मी श्रेष्ठ, विनोद राई, सरु धिमाल, संचारकर्मी सुर्य चन्द, बाल कलाकार रिहानराज गिरि, आदी कलाकारहरुको अभिनय रहको छ ।
यस चलचत्रिको छायांकन मधुर वस्नेतले गरेका हुन् । बिशेष पन्तको लेखन रहेको चलचित्रलाई नितेश लामाले सम्पादन गरेका छन् । आउदो फागुन ३ देखी प्रदर्शन हुनेछ|