एभरेस्ट सूर्य बोहोराको नयाँ फिल्म ‘हेलो जिन्दगी’मा नायिका अदिती बुढाथोकी अनुबन्धित भएकी छन् । उनीले फिल्म ‘कृ’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन् ।
बोहोराको निर्देशन रहने फिल्म एभरेस्ट सुर्य बोहोरा फिल्म्स्को सहकार्यमा बिरंजना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो ।
हाल फिल्मका लागि नायिका बुढाथोकी र निर्माण टिमबीच सम्झौता भइसकेको छ । फिल्ममा अन्य कलाकार कोको रहनेछन् भन्ने बारेमा भने खबर बाहिरिएको छैन । फिल्मको छिट्टै औपचारिक घोषणा गर्ने तयारीमा निर्माण टिम रहेको बुझिएको छ ।
बोहोराले यसअघि फिल्म ‘भैरे’ निर्माण गरेका थिए ।