सुनसरीको धरानमा आयोजित ‘मिस पूर्वाञ्चल २०१८’को उपाधि पुजा श्रेष्ठले जितेकी छिन् ।
फाइनलमा पूजाले उपाधिसँगै स्कुटी र हङकङ भ्रमणको अवसर प्राप्त गरेकि छिन् । यस्तै, धनकुटाकी अनिला क्षेत्री फस्टरनरअप बने भने उनले नगद १ लाखसहित अन्य विभिन्न पुरस्कार प्राप्त गरे । इटहरीकी तपस्या रणपहेली सेकेन्ड रनरअप बन्न सफल भए । उनीले नगद ५० हजार र विभिन्न पुरस्कार प्राप्त गरे ।
सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा ‘मिस नेपाल २०१८’ श्रृङ्खला खतिवडा विशेष आकर्षणको रुपमा रहेकी थिइन् । यो प्रतियोगीताको विजेताले ‘मिस नेपाल’मा सिधै प्रतिस्पर्धा गर्न पाउने छन् ।
यस्तै, बेष्टवाक र मिस ट्यालेन्टको उपाधि सोनेता दाहाल, मिस पब्लिक च्वाइस र मिस इन्टिलेक्चुअलको उपाधि रुसाली केसीलाई प्रदान गरियो । मिस फ्रेन्डसिप सलिना राजवंशी घोषित हुँदा फेस अफ डिभाइन आकृती आचार्य र मिस फिटनेश स्वस्तिका विसुंखे सफल भए ।