सञ्चिताको ‘आरोप’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

0

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत नेपाली कथानक चलचित्र ‘आरोप’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।

चलचित्रमा सञ्चिता लुइँटेल, ऋचा थापा, उद्धव गिरी र प्रेम खड्कालगायतका कलाकारको अभिनय रहेको छ ।

अमर ओलीले निर्देशन गरेको चलचित्रमा विजय पाठक र दिनेश राउतको निर्माण, वीरेन्द्र भट्टको छायाङ्कन, कमल राईको नृत्य, सानुकुमार महर्जनको द्वन्द्व एस.के अधिकारी र गणेश चौधरीको सङ्गीत रहेको छ ।

चलचित्र आगामी माघ ११ गते रिलिज हुने छ ।