‘द म्यान फ्रम काठमाडौं’को गीत र रिलिज डेट एकैसाथ सार्वजनिक (भिडिओसहित)

0

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्र ‘द म्यान फ्रम काठमाडौं’को गीत र रिलिज डेट सार्वजनिक भएको छ । चलचित्र चैत १ गते रिलिज हुनेछ ।

गीत, पोस्टर र रिलिज मिति एकसाथ सार्वजनिक गरिएको हो । सार्वजनिक ‘आकाशै घुमेर’ गीतमा प्रमुख कलाकार आना शर्मा र जोसे म्यानुअल फिचर्ड छन् ।

निर्देशन पेमा धोन्डुप तिब्बतीले गरेको चलचित्र ‘द म्यान फ्रम काठमाडौं’मा जेशन कुँवरको शब्द र संगीत रहेको यस गीतमा कुँवरको साथमा निकिता श्रेष्ठको स्वर रहेको छ । विजय मानन्धर र पेमा धोन्डुप कोरियोग्राफी रहेको छ ।

अमेरिकी कलाकार जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेखको साथमा नेपाली कलाकारहरु नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतमलगायतको अभिनय छ ।

कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी रहेको छ ।

https://youtu.be/c_NXIpHAcVY