बागी र बागी २ को सानदार सफलतापछि निर्माता साजित नाडियादले चलचित्र बन्न अगाडि नै बागी ३ को रिलिज डेट घोषणा गरेको छ । २०२० मार्च ६ का दिन बागी ३ को रिलिज हुने घोषणासमेत गरेको छ ।
बागी ३ मा भने नायिका निश्चित भएको छैन भने सारा अली खान तथा जाह्नवी कपूर यी दुईमध्ये टाइगर श्राफसँग रोमाञ्च गर्ने छन् । उनी दुईले भने पहिलो चलचित्रबाट आफ्नो पहिचान बनाइसकेको छ ।
निर्माता सजिद नाडियादले उक्त चलचित्र ठूलो बजेटमा निर्माण गर्न लागेको हो । एक सूत्रका अनुसार चलचित्रको एक सुपर स्टारर अक्षर कुमार यो फिल्ममा आउन सक्ने कुरा छ । यी दुवै जनाले चलचित्रमा हंगामा गर्ने आकंलन गरेको छ ।
निर्माता नाडियादले अक्षरलाई आग्रह गरिरहेको छ कि टाइगरसँग बागी ३ चलचित्रमा खेल्नका लागि अक्षर कुमार पोजिटिभ देखिन्छ । अक्षर र नादियादवाला दुवै जनाको सम्बन्ध राम्रो छ र दुवै जनाले धेरै हिट चलचित्र गरिसकेको छ । त्यसैकारण यो चलचित्रमा पनि दमदार होस् भन्ने चाहन्छ ।