पुनः प्रशारण हुँदै ‘द कपिल शर्मा’ (भिडिओसहित)

0

भर्खरै बिबाह बन्धनमा बाधिएका चर्चित कमेडियन कपिल शर्माले आफ्नो बन्द भएको ‘द कपिल शर्मा’ शो पुनः प्रशारणमा ल्याउने भएको छ ।

कमेडि किङको रुपमा चिनिने कपिल शर्मा शो आउँदो डिसेम्बर २९ तारिखदेखि सोनी टिभीमा पुनः प्रशारण हुन लागेको हो ।

चर्चित कमेडियन कपिल शर्माका फ्यानहरु यति बेला खुसीले गदगद भएको होला ।

भारतको सोनी टिभीले आफ्नो आधिकारिक सामाजिक संजाल ट्वीटरमा कपिलको शोको ३० सेकेण्डको टिजर पोष्टसमेत गरेको छ । उक्त टिजरमा बलिउड नायक रणवीर सिंह र नायिका सारा अलि खान र निर्देशक रोही शेट्टीलाई देखाइएको छ ।