हिमालयन बैंकको पुस ३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको हो ।
बैंकले ५ प्रतिशत बोनस र १०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
