पेट्रोल र डिजेलको यस्तो छ नयाँ मूल्य

0

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले २ सातापछि मूल्य समायोजन गरेको हो । जस अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ प्रतिलिटर घटाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय १० र डिजेल तथा मट्टितेल ९७ रुपैयाँ प्रतिलिटर कायम भएको छ । नयाँ मूल्य मंगलबार रातिदेखि लागु हुने निगमले जनाएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य ९९ रुपैयाँ थियो ।