आजको सुचनाँदीको भाउ यस्तो छ, हेर्नुहोस्

0

आज मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाले बढेको छ ।हिजो प्रतितोला ५९ हजार ३ सय रुपैयामा किनबेच भएको छापावाला सुनको मुल्य आज १ सय रुपैयाले बढेर तोलामा ५९ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार १ सय रुपैंयामा किनबेच भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेर तोलामा ७ सय ३० रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।