नायिका प्रियंका कार्की र नायक अर्पण थापा स्टारर चलचित्र ‘अनागत’ को अफिसियल टिजर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।
माउन्टेन रिभर फिल्मस र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा चलचित्र निर्माण भएको ‘अनागत’मा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदीको समेत अभिनय रहेको छ ।
सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको चलचित्रमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया निर्माता रहेका छन् भने सिसन बानियाँले छायांकन, चन्द्रकुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथा रहेको छ ।
चलचित्रमा साम्तेन भुटियाले निर्देशन गरेका छन् ।