नाजिर र शिल्पाको चलचित्र ‘कागजपत्र’ चैत ८ मा

0

नाजिर हुसेन र शिल्पा मास्केको चलचित्र ‘कागजपत्र’ को अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । चैत ८ बाट चलचित्र प्रदर्शनमा आउने भएको हो ।

निर्देशक तथा लेखक अपिल बिष्टरहेको चलचित्रको पोस्टरमा नाजिर र शिल्पासँगै भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई स्थान दिइएको छ ।

निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । चलचित्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् ।

बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ भने अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनको छायांकन रहेको छ । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो ।