बिहिबार रातीबाट युईएफए युरोपा लिग फुटबल समूह चरणका खेलहरु सकिएको छ ।
युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युईएफए युरोपा लिग समूह चरणको खेलसँगै अन्तिम ३२ मा पुग्ने टोलीको टुङ्गो लागिसकेको छ । समूह चणबाट बाहिरिने ठूलो क्लबमा एसी मिलान रहेको छ । बिहिबार राती भएको समूह ‘एफ’ को खेलमा एसी मिलान ओलम्पियाकससँग ३–१ गोलले पराजित हुँदै समूह चरणबाट बाहिरिएको हो ।
विगतमा जस्तै यसपटक पनि युरोपा लिग खेलिरहेका ठूला क्लबहरुले नकआउट चरणमा स्थान बनाउन सफल भए भने बिहीबार रातीकै खेलमा इङ्गलिस प्रिमियर लिग टोली आर्सनलले क्वाराब्याग एफकेलाई १–० गोलले कठिन जित हात पारे ।
घरेलु मैदानमा आर्सनलको जितमा १६औँ मिनेटमा अलेक्सान्ड्रे लाकाजेटले गोल गरेका थिए ।
समूह ‘एल’ को खेलमा चेल्सी भिडी एफसीसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।