अनमोल र उपसनाको ‘क्याप्टेन’ को पहिलो गीत ‘रहर छ सँगै’ सार्वजनिक (भिडिओ)

0

 

अनमोल केसीको ‘क्याप्टेन’ को पहिलो गीत रिलिज भएको छ । अनमोलको होम प्रोडक्सनमा निर्माण गरिएको ‘क्याप्टेन’ को बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले चलचित्रको ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा अनमोल र नव अभिनेत्री उपासनासिंह ठकुरीमाथि फिचरिङ गरिएको छ । अञ्जु पन्त र सुगम पोखरेलको स्वरले सजिएको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

अनमोल र उपासनाको अलवा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सनविक्रम राईलगायतका कलाकारको मुख्य भूमिका रहेका छन् ।

नेपाली चलचित्रमा चर्चित नायक भुवन केसीले निर्माण गरेका ‘क्याप्टेन’ दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।