प्रदर्शनको नजिकिँदै गर्दा निर्माण टिमले चलचित्र ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक गरिएको छ ।
पौष २० लाई मिति तय गरेको ‘जय श्री दाम’को प्रचारप्रसार अघि बढाउँदै शुक्रबार निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।
जय श्री दामको सार्वजनिक ट्रेलरमा आर्थिक स्थिति कमजोर भएका बेरोजगार दुई युवाले आफ्नो भाग्य चम्काउन प्रयोग गर्ने गलत बाटो र त्यसको बीच बाटोमा आइपर्ने ढोगी बाबासँग उनै दुई युवाले गर्ने ब्ल्याकमेलिङको वरीपरी सिनेमाको कथा घुमेको निर्देशक बिप्लोप उप्रेतीले बताए ।
चलचित्रमा जेबिका कार्की, अमृत ढुङ्गाना, बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, विष्णु सापकोटालगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’ मा मित्र डि गुरुङको सम्पादन छ । रविन आचार्यको डिओपी, नवराज उप्रेतीको छायाँकन रहेको छ । यो चलचित्रमा संगीत सुशान्त गौतमको रहेको छ ।
मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको ‘जय श्री दाम’मार्फत उप्रेतीले निर्देशनमा डेब्यू गरेका हुन् ।
