नायिका वर्षा राउत, सुरक्षा पन्त तथा विपिनको चलचित्र ‘गोपी’को पोस्टर सार्वजनिक गरिएको छ ।
माघ १८ गते रिलिज हुने चलचित्र ‘गोपी’को पोस्टर सबैमा विपिनलाई स्थान दिइएको छ भने एउटा पोस्टरमा मात्र चलचित्रका मुख्य दुई अभिनेत्री वर्षा र सुरक्षालाई समावेश गरिएको छ ।
आरोही केसीको निमार्ण र दीपेन्द्र लामाको निर्देशन रहेको ‘गोपी’मा विपिन, सुरक्षा र वर्षाका साथै प्रकाश घिमिरे, अंकित खड्का, रमेश अधिकारी, कमलमणि नेपाल, सरोज अर्याल, भोला सापकोटा, कुन्ती सिमाली, हिउँबाला गौतम, केशव राईलगायतको अभिनय रहेका छन् ।
त्यस्तै सिनेमाका कार्यकारी निर्माता श्रीधर पौडेल, छायाँकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेको छ भने विप्लव प्रतीक र बुद्धिसागरको गीतमा न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ ।
आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको सिनेमामा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् ।