नायिका साम्राज्ञी र रेविकासँग पुष्पको रोमाञ्च ‘मारुनी’ मा ( फोटो फिचर )

0

मंगलबार एक पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच चलचित्र ‘मारुनी’ को औपचारिक नाम घोषणा गरेको छ । आज भोलि चलचित्र टिमहरुले आफ्नो चलचित्र घोषणा अथवा रिलिज गर्ने बेला बेग्लै किसिमले कार्यक्रम गरी घोषणा गर्ने गरिरहेका हुन्छ । त्यस्तै चलचित्र ‘मारुनी’ को नाम औपचारिक घोषणा गर्दा पनि निर्देशकदेखि कलाकारहरुलाई ¥यापमा उतार्दै ‘मारुनी’ चलचित्र निर्माणको औपचारिक घोषणा गरेको हो ।

चलचित्र ‘मारुनी’मा दुई नायिकाको कथामा बन्न लागेको हो । उक्त चलचित्रमा नायिक पुष्प खाड्का, नायिकाद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेत्री रेविका गुरूङ (त्यस चलचित्रबाट डेब्यु) को मुख्य भूमिका रहेको छ । इन्टरनेशनल ड्रेस डिजाइनर पुनम गौतम इन्टरनेन्टमेन्टको ब्यानरमा बन्न लागेको ‘मारुनी’ पुसको दोस्रो साताबाट छायाँकनमा जाँदै छ ।    निर्देशन नवल नेपालको ‘मारुनी’मा गोविन्द फुँयालको कथा तथा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ भने सञ्जय लामाले छायाँकन गरिनेछ ।

काठमाडौं र बाँके लगायतका स्थानमा छायांकन हुने फिल्मको टाइटलले कुनै नाचसँग सरोकार नराख्ने निर्देशक नेपालको भनाइ छ । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निर्मात्री पुनम गौतमलाई अजय पोखरेल र राजा प्रधानले लगानीमा सहकार्य गरेका  छन् ।

चलचित्रमा नायिकाद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गरुङ, नायक पुष्प खड्काका साथमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको अभिनय रहनेछ । सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारमा देखिने भएका छन् ।