शिल्पाको एक्सन ‘वीराङ्गना’ युट्युबमा सार्वजनिक (भिडिओ)

0

चलचित्र ‘वीराङ्गना’ युट्युबमा सार्वजनिक गरिएको छ ।

नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेल स्टारर एक्सन चलचित्र ‘वीराङ्गना’ मगंलबार साइराम पिक्चर्सको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

घोडा र बाँदर प्रयोग गरिएको चलचित्रमा पुथ्वीराज प्रसाईँ एक्सन र रोमान्टिक अवतारमा प्रस्तुत भएका थिए ।

यस चलचित्रमा प्रज्वल गिरी, शुशिल पोखरेल, धिरेन शाक्य, ध्रुव कोइराला, कृष्ण शिवाकोटी, प्रिया रिजाल, देव तामाङलगायतका कलाकारहरुको भूमिका रहेको छ ।

‘वीराङ्गना’ लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् भने कथा पनि निर्देशक स्वयमेकै रहेको छ ।

यो चलचित्र फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

सुमी चामलिङ राई सहनिर्माता रहेकी छिन् । दीपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।