दयाहाङको ‘आप्पा’ जेठ २४ गते रिलिज हुने, पोस्टर सार्वजनिक

0

दयाहाङ राईको चलचित्र ‘आप्पा’ आगामी जेठ २४ गते रिलिज हुने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रममा गरी चलचित्र रिलिज डेट र पोस्टर सार्वजनिक गरेको हो । अनमोल गुरूङले निर्देशन गरेका हुन् भने निर्देशक गुरुङले उक्त चलचित्रबाट डेब्यु गरेका हुनु । दार्जलिङकै विभिन्न सुन्दर लोकेसनमा खिचिएको चलचित्रको निर्माणमा माउन्टेन स्टोरिज प्रोडक्सनले सिनेमा आर्ट प्रालिसँग सहकार्य गरेको छ ।

दयाहाङबाहेक तुलसी घिमिरे, अरूणा कार्की, सिद्धान्तराज तामाङ, अल्लोना काबो लेप्चालगायतले अभिनय रकेको छ बाउछोराको सम्बन्धमा आधारित चलचित्रको पटकथा अनमोल गुरूङ र उमेश उपमा मिलेर तयार पारेका हुन् । शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, अनमोल गुरूङ र सौकात देवको संगीत रहेको छ भने निर्माता रूदेन सादा लेप्चा रहेका छन् ।

दयाहाङको ‘आप्पा’ जेठ २४ गते रिलिज हुने, पोस्टर सार्वजनिक