‘साइँली’को पहिलो गीत ‘नाँच माया’ सार्वजनिक (भिडिओ)

0

 

चलचित्र ‘साइँली’को पहिलो गीत ‘नाँच माया’ सार्वजनिक भएको छ ।

चैत्र १५ बाट प्रदर्शनमा आउने चलचित्रमा हर्क साउदको शब्द, सुशान्त गौतमको संगीत, हेमन्त रानाको स्वर रहेको छ । सार्वजनिक गीतमा कलाकारहरु दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान, केनिपा सिंहलगायत फिचर्ड छन् ।

बैदेशिक रोजगारीको कथामा आधारित गायक हेमन्त रानाको गीत ‘साइँली’ संग नाम मिलाएर चलचत्रि निर्माण गरिएको हो भने राम बाबु गुरुङको कथा तथा निर्देशन रहेको चलचत्रिमा विशाल गुरुङ र मोहन राना मगरले संयुक्त रुपमा निर्माण गरेका छन् ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्की, इस्टु कार्कीलगायतको अभिनय रहेको छ ।

बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सहनिर्माताको रहेको चलचित्रमा कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा कालीप्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=XSurIJbKv9Q