चलचित्र ‘लिलिबिली’बाट डेब्यु गरेकी नायिका जसिता गुरुङले निर्देशक रेनशा वान्तवा राइको चलचित्र ‘आई एम ट्वान्टी वान’मा काम गर्न लागेकी छिन ।
चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशन गरेर सफल भएको भन्दै केक काटिएको कार्यक्रममा अर्को चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्माणको घोषणा गरेकी थिइन् ।
रेशना बान्तवाको ‘इन्टु मिन्टु लण्डनमा’ चलचित्रबाट डेब्यु गरेका नायक धिरज मगरले बान्तवाकै अर्को चलचित्र ‘आई एम ट्वान्टी वान’मा नायिका जसिता गुरुङसँग काम गर्न लागेकी हुन् ।
निर्देशक रेनशाले भनिन्, ‘जसितासँग हामी कागजी सम्झौता लण्डनमा नै गर्नेछौं । सम्पूर्ण कागजपत्र तयार भएको छ । उनले काम गर्ने पक्का हो ।’
यो चलचित्रलाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने निर्देशक रेनशाले घोषणा गरिसकेकी छिन् । धिरज र जसिताको जोडी चलचित्रमा आउनुपर्ने माग देखेपछि आफूले दुईलाई एकसाथ काम गराउन लागेको रेनशाले बताइन् । यो चलचित्र लभ स्टोरी कथामा नै बन्नेछ ।
