साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बढेको छ । मंगलबारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा ५ रुपैयाँ बृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाला सुन प्रति तोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५८ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैगरी चाँदी प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।
महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ७० रुपैयाँ, तेजावी सुन ४९ हजार ८ सय १५ र चाँदीमा ६ सय १३ रुपैयाँ मूल्य तोकेको छ ।