सुन चाँदी मूल्य वृद्धि

0

साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य वृद्धि भएको छ । सुन प्रति तोला ९ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीमा प्रति तोला १० रुपैयाँ मूल्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाला सुन प्रति तोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ५८ हजार रुपैयाँमा कारोबार भैरहेको महासंघ जनाएको छ ।