ग्लोबल आईएमई बैंकले मंगलबार सम्पन्न ३०७ औं संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ ।
गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताब गरेको हो ।
उक्त प्रस्ताब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण गरिने छ ।
लाभांशका लागि बैंकले बुक क्लोजका लागि पछि सूचना जारी गर्नेछ । बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउने छन्् ।