‘समर लभ’ को ‘साया‘..’ बोलको गीत सार्वजनिक

0

चलचित्र ‘समर लभ’ को ‘साया‘..’ बोलको गीत सार्वजनिक भएको छ । पुष्पन प्रधान र बानीका प्रधानको स्वर रहेको ‘साया‘..’ मा पुष्पनकै शब्द तथा संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा डेव्यु कलाकार आशिष पिया र रेवती क्षेत्री देखाइएको छ ।

सुबिन भट्टराईको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका छन्् भने चलचित्रमा सुबिन र सामीप्यको सम्वाद लेखन रहेको छ ।

नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन्् । बिनोद अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेका छन्् ।

माघ २५ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका छन्् ।