इन्धनको मूल्य घट्यो

0

नेपाल आयल निगमले  पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ प्रतिलिटर घटाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय १२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

नयाँ मूल्य सोमबार रातिदेखि लागु हुने निगमले जनाएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १०१ रुपैयाँ थियो ।