मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठको ’जानी नजानी’ को पोष्टर सार्वजनिक

0

चलचित्र ’जानी नजानी’ को पोष्टर सार्वजनिक भएको छ ।

चैत्र १ गतेबाट रिलिज हुने ’जानी नजानी’ को पोष्टरमा कलाकारहरु मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ देखाइएको छ ।

कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशा यसै फिल्म मार्फत चलचित्र ’जानी नजानी’ बाट डेब्यु गदैं छिन ।

आधुनिक प्रेम कथामा आधारित चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीलगायतको पनि अभिनय रहेको छ ।

कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाको भने निर्देशन बसन्त अधिकारी रहेको छ यसै चलचित्रबाट अधिकारी निर्देशन डेब्यु गर्दै छन् ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्रमा छायांकन संजय लामाको रहेको छ भने संगीत अर्जुन पोखरेलले दिएका छन् । कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

अर्जुन जिसीको सम्पादन, बसन्त घर्ती मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।