कुमारी बैंकले सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।
बैंकको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७३÷०७४ को मुनाफा समेतको रकमबाट १२.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताब गरेको हो ।
बैंकले ९१ करोड ३२ लाख ८९ हजार ५ सय ७३ रुपियाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई लाभांश वितरण हुनेछ ।
लाभांशका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ । बुक क्लोजको मितिसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश पाउने छन् ।
हाल बैंकको चुक्ता पुंजी ७ अर्ब १६ करोड ३० लाख रहेको छ भने प्रस्तावित बोनसपछि बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्ने छ ।