‘प्रेमलीला’को चार पोस्टर सार्वजनिक

0

 

चलचित्र ‘प्रेमलीला’को पोस्टर सार्वजनिक भएकोे छ ।

माघ २५ गते रिलिज मिति तय गरिएको सार्वजनिक पोस्टरमा चलचित्रका तीन मुख्य पात्र दिपशिखा खड्का, अली खान र मौसम खड्का देखिएका छन् ।

अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको सिनेमाको फस्ट लुक र पहिलो गीत ‘जाने क्या हुवा ए’ यसअघि सार्वजनिक भइसकेका छन् ।

चलचित्रमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनले स्वर दिएका छन् ।

दीपशिखा अलि र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको मुख्य भूमिका रहेको छ ।