बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडाको ‘पाहुना’ सार्वजनिक

0

 

फिल्म ‘पाहुना’ को ट्रेलर सार्वजनिक भएको छ ।

बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडा र उनकी आमा डा. मधु चोपडाले निर्माण गरेको थियो ।

उक्त फिल्ममा दिदी र दाइले भाइको सुरक्षाका लागि केकस्तो समस्या खेपेका छन् भन्नेबारे देखाइएको छ ।

प्रियंकाको प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा आमा–बुवाबाट बिछोडिएका दुई बालबालिकाको कथा देखाइएको छ ।

उक्त फिल्म नेपालमा मंसिर २१ गते रिलिज हुँदैछ ।