चलचित्र ‘गोपी’ को पहिलो गीत ‘लक्ष्मी कहिले काली’ बुधबार सार्वजनिक भएको छ ।
बुद्धिसागरको शब्द रचना रहेको उक्त गीतलाई संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर कम्पोज गरेका हुन् ।
बुधबार रिलिज भएको गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटालगायतले प्रस्तृत गरेका छन् ।
वरिष्ठ नृत्यनिर्देशक गोविन्द राई, सामिप्य तिमल्सेनाको लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतमलगायतको अभिनय रहेको छ ।
आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निर्देशित गोपी नेपालभर माघ १८ गते प्रदर्शनमा आउँदैछ ।
