गत साताको आइतबार यता लगातार घटेको सुनको मूल्य आज भने यथावत रहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य आज प्रतितोला ५८ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा नै कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मुल्य ५८ हजार १ सय रुपैयामा कारोबार भैरहेको छ ।
आज चाँदीको मुल्य पनि स्थिर रहेको छ। आज चाँदीको मुल्य प्रतितोला ७ सय १५ रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।