चलचित्र ‘समर लभ’को प्रदर्शन मिति र फस्ट लुक सार्वजनिक गरिएको छ ।
निर्माण टिमले चलचित्रको फस्ट लुक्स सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति तय गरेको हो ।

सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’ सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष प्रिया र रेवती क्षेत्री समेटिएका छन् ।
उक्त चलचित्रबाट आशिष र रेवतीले डेव्यु गर्दैछन् । रेवतीले यसअघि ‘ग्याङग्स अफ नर्थवेस्ट’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् भने आशिष भारतीय मोडलिङमा सक्रिय छन् ।

नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा तयार गरिएको चलचित्रमा सुबिन र सामीप्य मिलेर संवाद लेखेका छन् । मुस्कान ढकालको निर्देशन, पुष्पन प्रधानको संगीत, सञ्जय लामाको छायांकन रहेको छ भने अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको चलचित्रमा बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्द्र भण्डारीले लगानी गरेका छन् । यही आउँदो माघ २५ गते प्रदर्शन हुँदैछ ।

