नायिका वर्षा राउत र नायक विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘जात्रै जात्रा’को टिजर शनिबार सार्वजनिक गरिएको छ ।
उक्त सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार बिपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राईलाई प्रस्तुत गरिएका छन् ।
प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘जात्रै जात्रा’मा विपिन, वर्षा र दयाहाङको साथमा रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा र कविन्द्र त्रिपाठीको अभिनय रहेको छ ।
चलचित्रमा निर्माताको रुपमा सिंगे लामा र यादव पौडेल रहेका छन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् । चलचित्र फागुन १७ गतेदेखि प्रदर्शनमा आउनेछ ।