चलचित्र चजिकिँदै गर्दा निर्माता निर्देशक रेखा थापा प्रचारप्रसारमा

0

चर्चित नायिका तथा निर्माता निर्देशक रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘मालिका’ कार्तिक १६ देखि देशभरीका सिनेमा हलहरुमा रिलिज हुँदैछ ।

उक्त चलचित्रमा नायिका तथा निर्माता निर्देशक रेखा थापासँगै जाजरकोटकी कमला ओलीको मुख्य भूमिका रहेका छन् ।

बाल विवाह अन्त्य र महिला सशक्तिकरणको विषयमा बनेको चलचित्रमा नर बहादुर कार्कीको कथामा बनेको फिल्ममा रामशरण उप्रेतीको छायांकन, सुरेश अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व रहेको छ ।

प्रदर्शन मिति नजिकिएसँगै चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरु प्रचारप्रसारमा जुटिरहेका छन् ।