ज्याकी च्याङसँग बलिउड नायिका अमायरा दस्तुर

0

बलिउड क्षेत्रमा प्रवेश गर्दा स्विट इनोशन देखिने अमायरा दस्तुर अहिले हलिउडसम्म छाइरहेकी छिन् ।

२४ वर्षकी अमायरालाई घरपरिवारले बोलाउने नाम हुन् ‘निक’ । उनीलाई ‘निक’ नाम असाध्यै मन पर्ने नाम पनि हो ।

५ फिट ७ इन्च भएकी अमायरा ५३ केजीकी थिइन् भने सेक्सी फिगर भएका कारण अहिले बलिउडमा चर्चा बटुलिरहेका छन् ।

मुम्बइको महाराष्ट्रमा जन्मेकी अमायरा धिरु भाई अम्बानी इन्टरनेशनल स्कुलमा पढेकी थिइन् भने मुम्बईको एचआर कलेजबाट बीए पास गरेकी थिइन् ।

बलिउडमा अमायराले २०१३ मा ‘इस्क’ फिल्मबाट डेब्यु गरेकी हुन् ।

२०१५ मा अमायराको तीन वटा फिल्म आएका छन् भने ‘अनेगन तामेल’, ‘अनेकुदु तेलिगु’ र ‘मिस्टर एस’ हिन्दी हुन् ।

२०१७ मा विश्वभरि चर्चित कम्फु फिल्मका नायक ज्याकी च्याङसँग समेत उनीले खेलिसकेका छन् । तर, यो फिल्मबाट अमायराले जति आशा गरेकी थिइन् त्यति सफलता हात पार्न भने सकेन । अर्को तमिल फिल्म ओडी ओडी उजाइकानुन २०१७ मा आएका छन् ।

अमायरा २०१८ मा ‘राजु गादु’ फिल्ममा नायिकाको भूमिका निर्वाह गरिसकेका छन् । अब दुई वटा फिल्म आउनै लागेको ‘मेन्टल हे क्या’ र ‘मेडिन इन इण्डिया’ मा छुट्टा छट्टै कथा र भूमिका रहेको बताइन् । उक्त फिल्ममा काम गर्न रमाइलो रहेको सुनाइन ।

२०१९ मा बलिउडका चर्चित नायक सन्जय दत्तसँग अमायरा दस्तुर ‘प्रस्थानाम’ मा देखा पर्ने छन् ।